३१ बैशाख २०८१, सोमबार
Follow Us

‘ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर शेयर मूल्य बढाए’

नेपालब्रिटेन संवाददाता
१ असार २०७८, मंगलवार १३:५२

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको छ ।

शेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर शेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । “शेयर मूल्य बढ्नु पर्ने केही आधारभूत पक्षहरु हुन्छन्, केही कम्पनीहरुको शेयर मूल्य बढ्नु पर्ने खास कारण नभए पनि बढाइएको पाइएको छ” प्रतिवेदनमा भनिएको छ ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ । चलखेल गर्ने कम्पनीबारेको प्रतिवेदन अर्थमन्त्रालयमा बुझाएको छ । बोर्डले त्यस्ता कम्पनीहरुको शेयरमा लगानी नगर्न लगानीकर्ताहरुलाई सचेत पनि गराएको छ ।