३० बैशाख २०८१, आईतवार
Follow Us

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै

नेपालब्रिटेन संवाददाता
२ असार २०७८, बुधबार ०५:५६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लाने भएको छ । उनलाई बुधबार दिउँसो साढे १२ बजे दिल्ली लैजाने खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।