७ श्रावण २०८२, बुधबार
Follow Us

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखले भेटे राष्ट्रपतिलाई

नेपालब्रिटेन संवाददाता
४ असार २०७८, शुक्रबार १३:१३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले आज भेटेका छन् । गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी राष्ट्रपतिले बोलाएपछि शीतल निवास गएका हुन् ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको हो । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्किसकेका छन् ।

धेरै पढिएको