१५ बैशाख २०८१, शनिबार
Follow Us

सिन्धुपाल्चोकका बाढी पीडितका लागि रु ५ लाख सहयोग गर्ने एनआरएनए क्यानाडाको निर्णय

नेपालब्रिटेन संवाददाता
५ असार २०७८, शनिबार ०५:२७

क्यानाडा। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले पहिरोका कारण मानवीय तथा भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि रु ५ लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष चिरन्जिबी घिमिरेको अध्यक्षतामा भएको भर्चुअल सहमति मार्फत सो रकम मानवीय तथा भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

हेलम्बु गाउँपालिकाबाट मंगलबार बेलुकी गएको पहिरोले नदी थुनिएर खोलाको वहाव बढेपछि मेलम्ची खोला एक्कासी उर्लेर आएको भिशण बाढि र पहिरोले करिब ६ जनाको ज्यान गैसकेको छ भने ५० जना भन्दा बढी मानिसहरु बेपत्ता भएका छन र १००० भन्दा बढि मानिसहरु घरबार बिहिन भएका छन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउपालिकामा असार २ गते अकल्पनिय बिपतिका कारण भएको जन-धनको क्षतिमा गहिरो दुख ब्यक्त गर्दै आपतकालिन ब्यबस्थापनमा तत्काल सहयोगका लागी गैर-आबासिय नेपालि संघ क्यानडाको तर्फबाट रु ५ लाख सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेको छ। क्यानडामा रहनुभएका सघ सस्थाहरु लगायत सिङ्गो नेपाली समुदायलाई सहयोगका लागि हार्दिक अपिल गर्दै अभियानमा खुलेर सहयोग गर्न अपिल गेरको छ।

मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् ।

मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको छ।

मेलम्चीका अधिकांश पीडितले इन्द्रेश्वरी माध्यमिक विद्यालय र नेपाली सेनाको ब्यारेकमा आश्रय लिइरहेका छन् । बाढीले इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ, सशस्त्र प्रहरी बल अस्थायी चेक पोस्ट हेलम्बु र सुरक्षा पोस्ट समेत बगाएको छ।

संघले यस अघि जेठ २४ गते सोमबार नेपालमा कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा थप सहयोगका लागि क्यानाडामा रहेका विभिन्नसंघ सस्थासंग सहकार्य गरि ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल सरकारलाई हस्तान्तर गरेको थियो ।

  • कृष्ण रेग्मी