१५ बैशाख २०८१, शनिबार
Follow Us

पार्टी नेतृत्वमा सभापति देउवाले गरे फेरि दाबी

नेपालब्रिटेन संवाददाता
५ असार २०७८, शनिबार १२:३२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा नेतृत्वका लागि आफूले फेरि पनि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

बुढानीलकण्ठस्थित निवासमा आज पार्टीका केही केन्द्रीय सदस्यसँगको छलफलमा देउवाले सभापतिमा दोहोरिन चाहेको बताउनुभएको हो । भेटमा सहभागी केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दुई कार्यकाल सभापति हुन पाउने पार्टीको विधानले दिएको सुविधा अनुसार आगामी महाधिवेशनमा पनि देउवाले उम्मेवारी दिने बताउनुभएको जानकारी दिनुभयो ।

छलफलमा देउवाले पार्टीमा बाँकी काम पूरा गर्न र देशको राष्ट्रिय राजनीतिक आवश्यकताका कारण आफू पुनः सभापति हुन चाहेको बताउनुभएको थियो । छलफलमा सहभागीले सभापतिका आकांक्षी र जिम्मेवार पदाधिकारीसँग सल्लाह गर्न सुझाव दिएका थिए ।

कोरोना महामारी र बाढी पहिरो लगायतका संकटका बीच पार्टीको महाधिवेशन कुनैपनि हालतमा गर्नुपर्ने चुनौति रहेको सभापति देउवाको भनाइ थियो । छलफलमा प्रदेश एकबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागी थिए ।