१५ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

नेपालब्रिटेन संवाददाता
६ असार २०७८, आईतवार ०६:१८

काठमाडौं । कोराना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप्ने तयारी भएको छ । निषेधाज्ञालाई केही खुकुलो पारी थप एक साता थप्ने तयारी भएको बताइएको छ ।

यसबारेमा निर्णय गर्न आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोभिड–१९ निर्देशक समितिले अब स्मार्ट लकडाउन गर्ने निर्णय गरिसकेको छ । तर यसबारेमा सिसिएमसीले अझै निर्णय गरेको छैन ।

आज सिसिएमसीले यस बारेमा निर्णय गर्नेछ । निर्णयपछि यस बारेमा प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्नेछन् । असार ८ गतेबाट फेन्सी, होटेल, होलसेल पसल खुलाउने तयारी गरेको बताइएको छ । सवारीसाधनमा जोर/बिजोर नियम लागू समेत हुनसक्ने सम्भावना छ ।

पछिल्ला केही दिनयता उपत्यकामा संक्रमितको संख्यामा कमी आएसँगै अबको लकडाउन पहिलेको तुलनामा निकै सहज हुने विश्वास गरिएको छ ।