१५ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार

नेपालब्रिटेन संवाददाता
६ असार २०७८, आईतवार ०६:२९

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ । “अक्सिजन सपोर्ट हटाइएको छ,” उनले भने, “नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ ।”

चिकित्सकको भनाइ उद्धृत गर्दै भट्टराईले दिएको जानकारी अनुसार अहिले ज्वरो र खोकी हटिसकेको छ । स्वास्थ्य समस्या भएपछि खनाललाई असार २ गते उपचारका लागि अपोलो अस्पताल दिल्ली लगिएको थियो ।