१५ बैशाख २०८१, शनिबार
Follow Us

जातका आधारमा कोठा भाडामा नदिने घरबेटी पक्राउ

नेपालब्रिटेन संवाददाता
६ असार २०७८, आईतवार ११:१३

काठमाडौं । जातीय विभेद गर्ने काठमाडौंको बबरमहलकी एक घर धनीलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँकी २४ वर्षीय रूपा सुनारलाई जातका कारण कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न प्रधानको घर पुग्नुभएको थियो । कोठा दिने कुरा गरेकी घरबेटीले पछि रुपाको थर थाहा पाएपछि कोठा दिन अस्वीकार गरेकी थिइन् । इमेज टेलिभिजनकी संचारकर्मी रुपाले त्यसपछि जातीय विभेद भएको भन्दै असार ३ गते महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिनुभएको थियो ।

प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत अन्तर्गत जाहेरी दर्ता गरेको थियो । छुवाछुत कसुर बमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान छ।