१५ बैशाख २०८१, शनिबार
Follow Us

थप २,४४२ जनामा संक्रमण, ३४५६ जना निको

नेपालब्रिटेन संवाददाता
६ असार २०७८, आईतवार ११:१४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यो अवधिमा ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संक्रमणदर २१. ३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थपिए ५४८ जना संक्रमित
काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् ।

मुलुकमा ५५ हजार ५३२ सक्रिय संक्रमित छन् । ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

१४ दिनमा केही जिल्लामा संक्रमण बढ्दो क्रममा देखिएको मन्त्रालयले जनाएको छ ।