७ श्रावण २०८२, बुधबार
Follow Us

यी नेतालाई पार्टीबाट हटाउने माओवादी केन्द्रको निर्णय

नेपालब्रिटेन संवाददाता
७ असार २०७८, सोमबार ०७:११

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो दल छाडेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी अनुशासन उल्लङ्घन गर्नेहरुलाई निष्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो ।

यसअघि दल त्याग गर्नेहरुलाई कारबाही गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिएपनि त्यसरी गरिएको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि केन्द्रीय समितिले नै कारबाहीको निर्णय गरेको हो ।

पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको नेताहरुको भनाइ छ । बैठकमा अध्यक्ष प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए ।

कारबाहीमा स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेता परेका छन् ।

धेरै पढिएको