कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जना बालिकाको शव सशस्त्र प्रहरीले असार ७ गते फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षीया रिता पासी र १३ वर्षीया खुस्बु मिया उक्त पोखरीमा डुवेर बेपत्ता भएका थिए । बेपत्ता लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो ।