७ श्रावण २०८२, बुधबार
Follow Us

आज पनि संक्रमितभन्दा निको हुने बढी

नेपालब्रिटेन संवाददाता
७ असार २०७८, सोमबार १३:२०

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोभिड १९ संक्रमितभन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ४ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा २ हजार २ सय ९७ जना संक्रमित भएका छन् । सोही अवधिमा ३ हजार १ सय ३० जना निको भएका छन् । नेपालमा निको हुने दर बढेर ८९ दशमलव ९ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७७२ पुगेको छ ।

धेरै पढिएको