२२ भाद्र २०८२, आईतवार
Follow Us

जुलाइ ३ मा मापन गरिएको तापक्रम अहिलेसम्मकै उच्च

नेपालब्रिटेन संवाददाता
२२ असार २०८०, शुक्रबार ०६:०९

काठमाडौं । विश्वको औसत तापक्रमले रेकर्ड कायम गरेको छ । अमेरिकी अनुसन्धानकर्ताका अनुसार यो सोमबार अर्थात् जुलाई ३ का दिन औसत तापक्रम अहिलेसम्मकै उच्च १७.०१ डिग्री सेल्सियस रेकर्ड गरिएको हो । तापक्रम रेकर्ड गर्न सुरु गरिएयता यो नै सबैभन्दा उच्च रहेको जनाइएको छ ।

२०१६ को अगस्तमा १६.९२ डिग्री सेल्सियस औसत तापक्रम रेकर्ड गरिएकामा सोमबार सो रेकर्ड ब्रेक भएर १७.०२ डिग्री सेल्सियस रेकर्ड गरिएको अमेरिकाको राष्ट्रिय वातावरण प्रक्षेपण केन्द्रले जनाएको हो ।

एल निनो भनिने प्राकृतिक मौसमी अवस्था र वातावरणमा भइरहेको निरन्तरको कार्बन डाइअक्साइड उत्सर्जनको संयुक्त प्रभावले यसरी अत्यधिक गर्मी बढेको वैज्ञानिकहरुको विश्वास छ । गत महिनालाई पनि विश्वको सर्वाधिक गर्मी महिना रेकर्ड गरिएको थियो । वर्षको सुरुदेखि नै अनुसन्धानकर्ताहरुले स्थल तथा समुद्री सतहमा बढ्दो तापक्रमप्रति चिन्ता जनाएका थिए ।

धेरै पढिएको