ताजा खबर

गृहमन्त्रीले गरे प्रहरीका १५ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा गरिएको छ । सोमबार गृहमन्त्री खगराज अधिकारीले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरका हुन् ।

मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको हो । श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ ।

यस्तै कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ । प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा एसएसपी दिपक थापालाई सरुवा गरिएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता