१३ जेष्ठ २०८१, आईतवार
Follow Us

एमालेको दशौं महाधिवेशन आयोजक समितिकाे कारवाहीलाई मान्यता नदिने आदेश विरुद्ध सुनुवाइ हुँदै

नेपालब्रिटेन संवाददाता
८ असार २०७८, मंगलवार ०६:५२

कठमाडौ । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कार्णलीका चार सांसद विरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परेको छ ।

सार्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइ न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा तोकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको उक्त कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन सर्बोच्चमा दर्ता गराउनुभएको थियो ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, र अमरबहादुर थापाले पार्टी ह्वीप विपरित काम गरेको भनी गरिएको कारवाही विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अधिवेशन आयोजक समितिको कारवाही रोक्न अन्तरिम आदेश दिएको थियो । प्रधानमन्त्री ओली भ्याकेटमा गएपछि नेकपा एमालेभित्र एकताको प्रयास फेरि अन्यौलमा परेको छ ।