२३ बैशाख २०८१, आईतवार
Follow Us

२४ सय ४४ नयाँ संक्रमित थपिए, ४२ जनाको कोरोनाबाट मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ असार २०७८, सोमबार ११:२१

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २४ सय ४४ नयाँ संक्रमित थपिए। त्यस्तै २४ घण्टाभित्र २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ६ सय ४८आरटी पिसिआर र ४ हजार९ सय ९२ एन्टिजेन गरी कुल ११ हजार६ सय ४० जनामा परीक्षण गरिएकोमा २४ सय ४४ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सोमबार देशभरबाट ३ हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । काठमाडौमा ४४ सय ५३ जना संक्रिय संक्रमित छन् ।

हालसम्म काठमाडौमा १८ सय ७० जनाको मृत्यु भएकाृ छ । त्यस्तै ललितपुरमा २२ सय ६ र भक्तपुरमा े१७ सय ३८ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर ३८ हजार ९ सय २७ जना कारोनाका बिरामी छन् ।हालसम्म कोरोनाबाट ९हजार ५१ जनाको मृत्यु भएको छ ।