२३ बैशाख २०८१, आईतवार
Follow Us

सुजाता, सिटौला र पौडेलको लञ्च मिटिङ

नेपालब्रिटेन संवाददाता
१४ असार २०७८, सोमबार ११:३५

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच भेटघाट छलफल तीव्रता चलिरहेको छ । केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छलफलका लागि पुगेका छन् ।

स्रोतका अनुसार कोइरालाले आफ्नो निवासमा पौडेल र सिटौलालाई खाना खान बोलाएकी थिइन् । महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि संस्थापनइतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएको हो ।

कोइरालाले आफू सभापातिमा उठ्ने बताउँदै आएकी छन् भने वरिष्ठ नेता पौडेलले पनि अन्तिम पटकका लागि सभापति बन्ने इच्छा राखेको एक नेतानले बताए । कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले भने नेतृत्वका बारेमा मौन देखिका छन् ।

कांग्रेसभित्र उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भावी नेतृत्व सर्वसम्मत चयन गर्नेबारे छलफललाई तिव्र बनाएका छन् ।