२७ बैशाख २०८१, बिहीबार
Follow Us

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन सुरु

नेपालब्रिटेन संवाददाता
२१ असार २०७८, सोमबार ०५:१३

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन सुरु गर्ने भएको छ ।

कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको माग अनुसार विजुली उत्पादन हुने बताइएको छ । आयोजनाले विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ ।