१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए बेल्जियमको मतदाता नामावली प्रकाशन (नामावली सहित)

नेपालब्रिटेन डट कम्
२१ असार २०७८, सोमबार २१:४१

लुभेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको मतदाता नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिका संयोजक लोक प्रसाद दाहालका अनुसार विहीवार साँझ २१६२ जनाको नामावली प्रकाशन भएको हो ।
निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै संघको निर्वाचन २६ जुलाईमा हुने जनाएको छ । समितिले सर्वसम्मत नेतृत्व चयन गर्न समेत आग्रह गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

गैरआवासीय संघ बेल्जियमको एघारौं राष्ट्रिय महाधिवेशन र यश अन्तर्गत सम्पन्न हुने निर्वाचन को लागी ०३ जुलाई २०२१ शनिवारका दिन निम्न २१६२ जनाको मतदाता नामावली एनआरएनए बेल्जियमले निर्बाचन समितीलाई उपलब्ध गरएको जानकारी गराउन चहान्छौ ।

सामाजिक संघसंस्थाको नेतृत्व चयनको उत्तम बिधि आम सहमती वा सर्बसहमति नै भएकोले हामी निर्वाचन समितीको तर्फबाट पनि यसको लागि अधिकतम प्रयास गर्दै बेल्जियमको सबै नेपाली समुदाय र संघसंस्था र एनआरएनएको नेतृत्व गर्न इच्छुक ब्याक्तित्वहरुलाई पनि सहमतिय बिधिबाट आगाडी बढन अनुरोध गर्दछौ ।

सहमति हुन नसकेको खण्डमा एनआरएनए बेल्जियमले तोकेको मिति २६ जुलाईमा स्वच्छ निष्पक्ष निर्वाचन गराउने कुरा को पनि प्रतिबद्धता ब्यक्त गर्दछौ ।

यो निर्वाचन समितीमा रहेका साथीहरू कुनै पनि उम्मेदवार को पक्षको गतिविधिमा नलाग्ने वा कुनै पक्ष वा समुहको बार्ता संवाद र बैठक मा उपस्थित नहुने प्रतिवद्धता जनाउदै अनुरोध गर्दछौ ।

निर्वाचन समिती बेल्जियम

मतदाता नामावली