१० श्रावण २०८२, शनिबार
Follow Us

आज पनि एमाले कार्यदल बैठक, त्यसअघि पौडेल र रावलबीच भेट

नेपालब्रिटेन संवाददाता
२४ असार २०७८, बिहीबार ०५:४५

काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ । बैठक अघि नेताद्वय विष्णु पौडेल र भीम रावलले छलफल गरेका छन् ।
आजको बैठकबाट सहमति हुने सङ्केत देखिएको छ । बुधवारको बैठकमा सहमतिका लागि सकारात्मक छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिएका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच पनि भेटवार्ता भएकोले पार्टीभित्र सहमतिको सकारात्मक सङ्केत देखिएको हो । हिजो साँझ नक्सालको एक होटलमा भएको वार्तामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग खोजेपछि सहमति जुट्न नसकेको हो । तर सहमतिको प्रयास जारी रहने नेताहरुले बताएका छन् ।

ओली र नेपालबीच केहीबेर वान टु वान वार्तापछि कार्यदलका सदस्यहरु पनि सहभागी भएका थिए । कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र अब बाँकी कार्यदलले टुंग्याउने बताए ।

धेरै पढिएको