काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ २२ गते दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन् । संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।