२१ बैशाख २०८१, शुक्रबार
Follow Us

‘एमाले मिलेको घोषणा आइतवार हुन्छ’

नेपालब्रिटेन संवाददाता
२६ असार २०७८, शनिबार १३:१३

काठमाडौं । नेकपा एमाले मिलेको घोषणा आइतवार हुने कार्यदलका सदस्य गोकर्ण विष्टले बताएका छन् । शनिवार कार्यदलको छलफलपछि पत्रकारसँग कुरा गर्दै वार्ता टोली सदस्य विष्टले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतवार सुखद समाचार आउने प्रतिक्रिया दिए ।

‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल भएका छौं ।’ उनले भने ।

शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको छ । पार्टी एकतामा समस्या के थिए ? कसरी कसरी समाधान गर्ने ? भन्ने छलफल भएको कार्यदलका सदस्य गोकर्ण विष्टले बताए । ‘भोलिसम्म सहमति गर्छौं’, उनले भने ।

नेकपा एमालेको एकताका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । नेताहरु भोलिसम्म सहमतिमा पुर्‍याउने प्रयास हुने बताएका छन् ।