२४ बैशाख २०८१, सोमबार
Follow Us

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७८, शुक्रबार ०६:३९

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे बस्न लागेको हो । तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन ।

यसअघि बिहीबार बस्ने भनिएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौमा हुने पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न बैठक बोलाइएको थियो ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरूबिच छलफल गर्ने तयारी छ ।