२१ बैशाख २०८१, शुक्रबार
Follow Us

देउवालाई महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७८, आईतवार १२:४२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाका अनुसार ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको हो ।

ठाकुरलाई पत्र नै पठाएर प्रधानमन्त्री देउवाले विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको भएको थियो ।

स्रोतका अनुसार देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका छन् । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो । जसपाका ३२ जना सांसद रहेका छन् । जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ ।