२० बैशाख २०८१, बिहीबार
Follow Us

एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७८, सोमबार ०८:५९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रस्ताव गरेका हुन्।

प्रस्तावपछि आजै कारबाही गर्नुपर्ने भन्दै केही केन्द्रीय सदस्यहरूको हुटिङ पनि गरेका छन् । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा अध्ययक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए ।

विश्वासको मत दिने ओली पक्षका ८ जना सांसदमध्ये कृष्णकुमार श्रेष्ठ (किसान), प्रेमबहादुर आले, बिना बुढाथोकी, हिराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, धनबहादुर बुढा र समिमा हुसेन छन् ।

माधव कुमार नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कृष्णलाल महर्जन छन् ।