२० बैशाख २०८१, बिहीबार
Follow Us

इङ्ल्याण्डमा कोभिड-१९ सँग सम्बन्धी सबै प्रतिबन्धहरू हट्यो

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७८, मंगलवार ०२:२७

लन्डन । इङ्ल्यान्डमा गएरातीदेखि कोभिड-१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाएको छ । कोभिड-१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी ब्यवस्थाहरू अब हट्नेछन् ।

सामाजीक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन ।

लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रिक्लबहरूलाई फेरि खोल्न दिइनेछ साथै सामुहिक जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अन्त्य हुनेछन् ।

कोभिड-१९ विरूद्धको खोप अभियानका कारण महामारीलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिएको भएपनि अझै महामारी पूर्ण रोकिएको भने छैन ।