२१ बैशाख २०८१, शुक्रबार
Follow Us

परिक्षण बढेसँगै कोरोना संक्रमित बढे

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७८, मंगलवार १२:३७

काठमाडौं । कारोनाको परिक्षण बढे सगै संक्रमित पनि बढ्न थालेका छन् । १३ हजार १ सय ३५ जनाको परिक्षण गर्दा ३ हजार भन्दा बढी संक्रमित देखिएका हुन् । पछिल्लो २४ घण्टामा ३१ सय ८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबीस घन्टामा ८८ सय ३६ सय पीसीआर तथा ४२ सय ९९ हजार एन्टिजेन परीक्षण भएको हो । त्यस्तै एक दिनमा १५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेका संङख्या २५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा संक्रिय संक्रमित ५५ सय ३७ रहेका छन् । त्यस्तै ८ सय २९ जना भक्तपुरमा र ललितपुरमा८ सय ७५संक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संङख्या ९६ हजार ७ पुगेका छन् । हालसम्म ३० लाख६७ एक सय १८ जनाले पहिलो डोज तथा ११ लाख ३४ हजार ३ सय १७जनाले दोस्रो खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।