२९ असार २०८२, आईतवार
Follow Us

कोभिड संक्रमणबाट इराकमा नेपाली युवाको मृत्यु

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७८, बिहीबार ०४:०३

कुर्दिस्तान । कोभिड–१९ को संक्रमणबाट इराकको कुर्दिस्तानमा एक नेपाली युवाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकका फुर्बा तामाङको कोभिड संक्रमणपछि उपाचारकै क्रममा पुरानो तवाडी हस्पिटलमा बुधवार विहान मृत्यु भएको हो।

मृतकको पार्थिव शरिरलाई अहिले स्थानीय शवगृहमा राखिएको छ।

इद पर्वपछि मात्रै शवलाई व्यवस्थापन गर्न प्रक्रिया अघि बढाइने कुर्दिस्तानस्थित नेपाली समाजसेवी बिनोद श्रेष्ठले प्रवास खबरलाई जानकारी दिए।

धेरै पढिएको