२२ बैशाख २०८१, शनिबार
Follow Us

कोरोनाविरुद्धको १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुग्दै

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७८, आईतवार ०४:१३

काठमाडौं । चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाखमध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ ।

खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ४० लाखमध्ये आज अन्तिम खेप ल्याउन लागिएको हो । निगमले जम्मा खोप ल्याउन काठमाडौँबाट बेइजिङका लागि योसहित चारवटा उडान गरेको छ ।

सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।