२२ बैशाख २०८१, शनिबार
Follow Us

थप २२३७ जनामा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७८, आईतवार ११:४७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो सङ्ख्याका सङ्क्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७१३ पुगेको छ। गत २४ घण्टामा २ हजार ५० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।