लुभेन। गैरआवासीय नेपाली संघ, बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी भएका छन् ।
उनले लोकतान्त्रिक गठबन्धनका सीपी भट्टलाई पराजित गरेका हुन् । निर्वाचनमा अनुजा प्रधानले समेत अध्यक्षमा उम्मेदवारी दिएकी थिइन् ।
दुई प्यानलमा भएको निर्वाचनमा मिश्रित परिणाम आएको बताएको छ ।
आइतबार भएको निर्वाचनको अन्तिम समयमा मतदान केन्द्रमा विदेशी मूलका मानिसहरु पसेर चुनाव विथोल्ने प्रयास समेत गरेका थिए ।