२३ बैशाख २०८१, आईतवार
Follow Us

चारजना पूर्वमाओवादी नेताको मुद्दा न्यायाधीश कार्कीको एकल इजलासमा

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७८, बिहीबार ०६:५८

काठमाडौं । पूर्वमाओवादी केन्द्रका नेताहरुले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश दीपक कुमार कार्कीको इजलासमा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यमा पुनःवहालीको माग गर्दै पूर्वमाओवादी केन्द्रका नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

चारजना नेताहरुको रिटमा सुनुवाइका लागि न्यायाधीश कार्कीको एकल इजलासमा पेशी तोकिएको छ । उनीहरुले नेकपा (एमाले)मा प्रवेश नगरेकाले माओवादी केन्द्रमै रहेको दाबी गरेका छन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी ब्युँताइदिएपछि चारजना नेता एमालेमा रहने निर्णय गरेका थिए । पार्टी परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई सांसद् पदबाट बर्खास्त गरेको थियो ।