२६ श्रावण २०८२, सोमबार
Follow Us

गलत प्रवृत्तिसँग कहिल्यै सम्झौता हुँदैन : नेपाल

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७८, शनिबार ०७:५३

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृतिको विरुद्धमा निरन्तर जुधिने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनः अवसर र अवसरवाद’ कार्यक्रममा उनले अवसर र चुनौती सँगसँगै देखा पर्ने भएकाले पिठ्युँ फर्काएर हिँड्नु नपर्ने बताए ।

उनले वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने, न घरको न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्ने बताए ।

“न रुन सकिने न हास्न सकिने जस्तो हुने अवस्था नआओस् भनेर सहज बाटो नै रोज्न खोजेका छौँ,” उनले भने,“असहज भनेको बाध्यता हुन्छ ।”

कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्यहारु रहेको उनले बताए । “चुनौतीबिनाको कुनै पनि पार्टी छैन । तर, नेपाल कम्युनिस्ट आन्दोलनको सामु निकै ठूलो सम्भावन छ । जनविश्वास अलिकति खस्किएको भएता पनि फेरि पनि मैदान खाली नै छ । त्यसैले समयमै हाम्रो आँखा खुल्नुपर्दछ,” उनले भने ।

नेपालले गलत प्रवृत्तिसँग कहिल्यै पनि सम्झौता नगरिने बताए । उनले कम्युनिस्ट आन्दोलनभित्र चुनौती धेरै रहेको भन्दै एमालेले आफ्नो जनविश्वासलाई काबुमा राख्न नसकेको बताए ।

“गलत र अहंकारी प्रवृतिले हामीले जनविश्वास कायम राख्न सकेनौँ । तर, जनविश्वास खस्किएको भए पनि मैदान खाली नै छ,” उनले भने,“समयमै हाम्रो आँखा खुल्नुपर्छ, कहाँ कहाँ त्रुटी छन् सच्याउनुपर्छ ।”

धेरै पढिएको