६ जेष्ठ २०८१, आईतवार
Follow Us

महाधिवेशनको नयाँ तालिका तय गर्दै कांग्रेस

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७८, शनिबार ०७:५७

काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धमा केन्द्रीय समितको बैठकमा कांग्रेस बरिष्ठ नेता, पदाधिकारी, तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्ताव निर्वाचन निर्देशिका लगायत समसामयिक राष्ट्रिय राजनीतिक विषयमा केन्द्रीत भई सदस्हरुले धारणा राख्नु भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको १४औ महाधिवेशनको स्थानीय तहको कार्यतालिका प्रभावित भएको अवस्थामा केन्द्रीय महाधिवेशन तालिका प्रभावित हुने निश्चित भइसकेकोले नयाँ कार्यातालिका निर्माणमा केन्द्रित भएर छलफल अगाडि बढेको जानकारी गराउनु हुँदै साझा र एकताबद्ध रुपमा धारणा निर्माण गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरिने बताए ।