६ जेष्ठ २०८१, आईतवार
Follow Us

२० हजार अफगानीलाई बेलायतले शरण दिने

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०७८, बुधबार ०३:५०

बेलायतले अफगानिस्तानबाट पलायन भएकाहरुलाई आफनो देशमा शरण दिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा २० हजारलाई शरण दिने घोषणा गरेका हुन् ।

साथै उनीहरुलाई आफ्नै घर बनाउन मार्ग प्रशस्त गर्ने योजना अघि सारेको पनि खुलासा गरेका छन् । पहिलो बर्षमा ५ हजार शरणार्थीलाई योग्य बनाइ महिला र बालबालिकालाई प्राथमिकतामा राख्ने योजना अघि प्रधानमन्त्री जोनसोनको छ ।

अफगानी जनताको समर्थनमा बेलायत सरकार रहेको भन्दै उनले आफ्नाे देश शरणार्थीका लागि खुला रहेको बताए । अफगानिस्तान तालीवानको नियन्त्रणमा गएपछि त्यहाँबाट भागेर बेलायत पुग्नेको संख्या नगण्य छ । अफगानिस्तानको पछिल्लो घटनाक्रमका बारेमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हाउस अफ कमन्समा आज खुला बहस गर्न भएका छन् ।