ताजा खबर

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक निश्कर्षविहीन

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक निश्कर्षविहीन भएको छ । आज बिहान बालुवाटारमा बसेको बैठकले कुनै पनि निर्णय गर्न नसकेको हो । मन्त्रालय बाँडफाँट तथा मन्त्रिपरिषद् विस्तारका विषयमा ठोस निर्णय लिन भन्दै बसेको गठबन्धनका शीर्ष नेताहरुका बैठकमा कुनै पनि विषय टुंगो नलागेको बुझिएको छ ।

गठबन्धनमा आबद्ध दलहरुको बैठक हिजो पनि बसेको थियो । नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि हिजो पहिलो औपचारिक बैठक बसेको थियो । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता