२५ पुष २०८२, शुक्रबार
Follow Us

प्रचण्डको उपस्थितिमा वाईसीएलले अध्यक्ष चयन गर्दै

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७८, मंगलवार ०६:१३

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समिति बैठक बस्दै छ । भदौ १२ देखि १५ सम्म भएको राष्ट्रिय भेलाले चयन गरेको नयाँ केन्द्रीय समिति सदस्यहरुको पहिलो बैठक आज (मंगलबार) बस्न लागेको हो ।

बैठक वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने वाइसीएलका नेता पुष्प ओलीले जानकारी दिएका छन् । बैठकले अध्यक्ष लगायतका पदाधिकारीहरु चयन गर्नेछ । १५ गते सम्पन्न भेलाले २३१ सदस्यीय केन्द्रीय समितिमध्ये २०४ जना निर्विरोध निर्वाचित गरेको थियो ।

वाईसीएल बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी हुने बुझिएको छ ।

धेरै पढिएको