२२ माघ २०८२, बिहीबार
Follow Us

५९ वर्षीया महिलालाई जबर्जस्ती गर्न खोजेपछि…

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७८, शुक्रबार १३:१४

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-६ द्वारखोला जंगलमा घाँस काट्न गएकी एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय ३० वर्षीय मुकेश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

चौदण्डीगढी नगरपालिका( ६ बेल्टारकी ५९ वर्षीया महिलालाई बिकले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षाक वदप्रसाद गौतमका अनुसार जंगलमा आफूलाई जबर्जस्ती करणी गरेको भन्दै पीडितले शुक्रबार इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

बिकलाई पक्राउ गरी उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

धेरै पढिएको