३० फाल्गुन २०८२, शनिबार
Follow Us

बङ्गलादेशमा रेलले किच्दा ११ जना शिक्षक र विद्यार्थीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७९, शनिबार ०५:४३

ढाका । बङ्गलादेशमा रेलले किच्दा ११ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश शिक्षक र विद्यार्थी रहेका छन् । बङ्गलादेशको मिरसराय जिल्लामा घटना भएको बताइएको छ । माइक्रोबसमा सवार उनीहरू रेलवे लिकबाट गुज्रिरहेका बेला दुघर्टना भएको हो ।

रेल्वे लिक खुलेका बेला माइक्रोबस चालकले रेल आइरहेको ध्यान नदिँदा बाटो काट्न खोज्दा अकस्मात रेल आएर दुघर्टना भएको बङ्गलादेशका सञ्चार माध्यमहरूले जनाएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ ।

धेरै पढिएको