१३ भाद्र २०८३, शनिबार
Follow Us

राष्ट्रपति निर्वाचन फागुन २० पछि सार्ने तयारी

नेपालब्रिटेन संवाददाता
८ माघ २०७९, आईतवार ०६:११

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सार्ने तयारी भएको छ । संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो ।

तर नयाँ निर्वाचित राष्ट्रपतिको व्यवस्थापन र पुरानोको बिदाइमा समस्या पर्ने देखिएकाले कानुन नै संशोधन गरेर चुनाव सार्ने विषयमा सत्तारुढ दलहरुबीच कुराकानी भइरहेको स्रोतले जानकारी दिएको छ ।

‘नयाँ निर्वाचित राष्ट्रपतिको एक महिनासम्मको व्यवस्थापन र पुरानोको अवस्थालाई ध्यानमा राखेर कुराकानी भइरहेको छ,’ स्रोतले जानकारी दियो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुनको अन्तिममा समाप्त हुँदैछ । एक महिनाअघि चुनाव गरिसक्ने व्यवस्थाअनुसार माघको अन्तिमसम्ममा गर्ने तयारी थियो ।

माघको अन्तिममा राष्ट्रियसभाको खाली रहेको स्थानमा चुनावको तयारी पनि गरिएकाले फागुनमा सार्ने तयारी गरिएको छ । तर निर्वाचन आयोगले भने राष्ट्रपतिको निर्वाचनमा समयमै हुने बताएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति निर्वाचनको सम्बन्धमा अहिले कुनै छलफल नभएको बताउँदै अब छलफल थाल्ने जानकारी दिए ।

धेरै पढिएको