३ कार्तिक २०८३, सोमबार
Follow Us

नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपालमा

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७९, शुक्रबार ०४:२५

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन् । यसअघिका राजदूत र्‍याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि राजदूत थम्प्सन नेपाल आएका हुन् ।

राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

धेरै पढिएको