१६ असार २०८३, मंगलवार
Follow Us

माधव नेपालले गगन थापालाई प्रधानमन्त्री स्वीकार गर्ने

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७९, शुक्रबार १७:५३

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गगन थापालाई प्रधानमन्त्रीमा स्वीकार गर्ने बताएका छन् ।

नेपालले इमेज च्यानललाई दिएको एक अन्तरवार्तामा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरे पछि सरकार गठनको प्रकृयाअघि बढ्ने बताए ।

‘हामीले नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिने भनेर निर्णय गरियो भने नेपाली कांग्रेसबाट जो संसदीय दलको नेता हुन्छ त्यही प्रधानमन्त्री हुन्छ’ नेपालले भने ।

उनले आफु गगन थापाको बिरोधी नभएको बताउँदै गगन थापालाई मन नपराउने भन्ने नहुने बताए ।

उनले गगन थापा कांग्रेसको दलको नेता भए पछि राजनीतिक कोर्ष कसरी अघि बढ्छ त्यो हेर्न बाँकी रहेको बताए ।

धेरै पढिएको