लण्डन। बेलायतको पहिलो र युरोप कै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन नजिकिंदै गर्दा संघको सदस्यता लिने काम सम्पन्न भै नामावली प्रकाशन भयको छ।
बेलायतस्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था सन १९६० मा स्थापित यति नेपाली एशोसियसन यूकेको राष्ट्रिय महाधिवेसन गर्न गठित निर्वाचन समितिले सदस्यता सूची तयार गरेको छ।
निर्वाचन संयोजक उमेश मोक्तन,सदस्य सचिव आरके त्रिपाठी तथा निर्वाचन अधिकृत राजन खकुरालले यती एसोसिएसन युकेका अध्यक्ष ध्रुव केसीको रोहोबरमा आजीवन सदस्य तथा साधारण सदस्यता सूची सार्वजनिक गरेका हो। यति नेपाली एसोसिएसन युकेको फेब्रुअरी ५ मा हुने २९ औँ राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ। यो अधिवेशन ह्रारो बरो फुटबल क्लवमा अधिवेशन हुनेछ।
निर्वाचन समितिका अनुसार मतदाता नामावली उपर दावी विरोध २ फेब्रुअरी साझा ७ बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन २ फेब्रुअरी साझा ९ बजेसम्म छ। उम्मेदवारी मनोनयन दर्ता ३ फेब्रुअरी दिउसो १२ बजे देखि ३ बजेसम्म, उम्मेदवार उपर दावी विरोध ३ फेब्रुअरी अपरान्ह ५ बजेसम्म र उम्मेदवार नामावली प्रकाशन ३ फेब्रुअरी सांझ ७ बजेसम्म तोकिएको छ। त्यसैगरि, उम्मेदवारी मनोनयन फिर्ता ३ फेब्रुअरी राती ९ बजेसम्म र अन्तिम उम्मेवारी नामावली प्रकाशन ४ फेब्रुअरी बिहान १० बजे गरिने छ।
मतदाता नामावली उपर दावी विरोध भएमा २ फेब्रुअरी साझा ७ बजे भित्र [email protected] मा ईमेल गर्न निर्वाचन समितिले अनुरोध गरेको छ।












