नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने र संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो भएकाले यसमा कुनै अलमल नरहेको बताएका छन्।
नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय रहेको उनले बताए।
‘नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यसमा कसैले पनि द्विविधा नराखौँ’।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल चुनावको विषयमा नभएर अधिवेशनको विषयमा मात्र भएको उनले प्रस्ट पारे।
‘निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो,’ उनले भने, ‘अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन।’