२४ भाद्र २०८२, मंगलवार
Follow Us

समाजसेवी कृष्ण लामिछाने अमेरिकामा आफ्नै घरमा मृत अवस्थामा भेटिए

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७९, बुधबार ०३:१०

लण्डन। अमेरिकाको टेक्सस राज्यमा लामो समयदेखि बस्दै आएका गैरआवासीय नेपाली संघका अभियान्ता कृष्ण लामिछाने आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन् । गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार उनी मंगलवार साँझपख आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।

गोर्खा घर भएका लामिछाने नेपाली जनसम्पर्क समितिका संस्थापक मध्येका एक हुन्। उनी दुई छाेरी र श्रीमतिका साथमा बस्दै आएका थिए । स्रोतका अनुसार उनी विगत केही महिनादेखि पारिवारिक समस्यामा थिए । उनको मृत्युको कारण औपचारिक रुपमा पुष्टि हुन बाँकी छ।

 

धेरै पढिएको