काठमाडौं । गायक थानेश्वर गौतम र गायिका सदीक्षा कट्टेलको स्वरमा ‘भइयो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । परदेशीको कथामा आधारित तथा दसैँतिहारको विशेष गीतमा वैदेशिक रोजगारीमा रहेकाहरूले दसैँतिहार जस्तो चाडपर्वका बेला गाउँघरको सम्झिएर गरेको बिलौनाको भावलाई देखाइएको छ ।
लक्ष्मण पोखरेलको शब्द, सङ्गीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । स्मारिका ढकाल र सन्दीप वस्तीको अभिनय रहेको गीतको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, मीन रावलको सम्पादन रहेको छ । कृष्णदेव रूपाखेतीको निर्देशन रहेको गीतलाई ‘हाइटेक इन्टरटेन्टमेन्ट’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।