२४ भाद्र २०८२, मंगलवार
Follow Us

नवनियुक्त आईजिपीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७९, आईतवार १०:५१

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिन्ह लगाउनुभएको छ । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमका गृह मन्त्रालय सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।

दर्ज्यानी चिन्ह लगाउनुभएसंगै नेपाल प्रहरीको सुदृढीकरण नै आफ्नो पहिलो प्रथामिकता भएको महानिरीक्षक कुँवरले वताउनुभयो । उहाँले देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले संविधानले मार्ग निर्देशित गरेको काम र मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने पनि उल्लेख गर्नुभयो । अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने वताउदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको कार्यक्षमताको उचित मूल्यांकन गर्ने बतानुभयो ।

कुँवरलाई सरकारले गत चैत्र १० गते नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो ।

धेरै पढिएको