२२ भाद्र २०८२, आईतवार
Follow Us

शान्ति मिसनमा धेरै महिला खटाउनेमा पहिलो स्थानमा उक्लियो नेपाल

नेपालब्रिटेन संवाददाता
९ असार २०८०, शनिबार १३:५५

काठमाडौँ । नेपाल राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै महिला पठाउने मुलुकमध्ये पहिलो स्थानमा उक्लिएको छ । यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ । शान्ति मिसनमा १२१ देशले सुरक्षाकर्मी पठाउने गरेका छन्, समग्रमा भने नेपाल दोस्रो स्थानमा छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट हाल विभिन्न देशमा ६५१ जना महिला शान्ति स्थापनार्थ खटिएका छन् । नेपाली सेनाबाट ६०१, नेपाल प्रहरीबाट १४ तथा सशस्त्र प्रहरीबाट ३६ जना शान्ति मिसनमा खटिएका छन् ।

दुई साताअघि मात्र नेपालले शान्ति मिसनमा सबैभन्दा धेरै महिला सहभागी गराउने उपलब्धि हासिल गरेको हो । राष्ट्रसंघले शान्ति मिसनमा महिलाको संख्या बढाउने नीतिका कारण पनि यसरी संख्या बढेको अधिकारीहरूले बताएका छन् ।

धेरै पढिएको