४ आश्विन २०८२, शनिबार
Follow Us

संविधानबाहिर जान खोजिए मुलुक थप अस्थिरतामा जान्छः देउवा

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८२, शुक्रबार ०३:३१

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानबाहिरबाट निकास खोज्न खोजिए मुलुक थप अस्थिरतातर्फ धकेलिन सक्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै देउवाले वर्तमान संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै सबैको साझा दायित्व रहेको बताए ।

संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान दिने बताएका हुन् ।

असोज ३ र संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि रहेको देउवाले उल्लेख गरे ।

संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको देउवाले स्पष्ट गरेका छन् ।

धेरै पढिएको