डायस्पोरा

च्यारिटीमा भाग लिन नेपाल पत्रकार महासंघका महासचिव पुरी वेलायत आउने

लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउनुहुने भएको छ । आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रमका सरिक हुन महासचिव पुरी शनिबार साँझ बेलायत आइपुग्दै हुनुहुन्छ ।

शाखाको १२ औँ वार्षिकोत्सवको अवसर पारेर शाखाले सोही दिन एक च्यारिटी डिनरको पनि आयोजना गरेको छ । च्यारिटीबाट संकलित रकम बेलायत तथा नेपालका पत्रकारहरुको व्यावसायिक सीप अभिवृद्धिका लागि खर्च गरिने शाखाले जनाएको छ ।

बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका नेपाली समुदायका अभियन्ता, संघसंस्थाका अग्रजहरुको उपस्थिति रहनेछ भने गायक धिरज राई लगायतका कलाकारहरुले मनोरञ्जन दिलाउनेछन् ।

सोही दिन शाखाले हरेक वर्ष प्रदान गर्दै आएको एफएनजे यूकेले वर्ष पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता